
मोरङ, चैत १२ । १ नम्बर प्रदेशका सांसदहरूले कोरोना भाइरस रोकथाम तथा नियन्त्रण कोषमा आधा महिनाको तलब दिने निर्णय गरेका छन् ।
प्रदेश सरकारले स्थापना गरेको कोषमा सत्ताधारी दलका ६७ र प्रतिपक्षी दलका २१ सांसदले आधा महिनाको तबल प्रदान गर्ने निर्णय गरेका हुन् ।
यस अघि कोषमा प्रदेश प्रमुख सोमनाथ अधिकारी, सभामुख प्रदीपकुमार भण्डारी, उपसभामुख सरस्वती पोखरेललेपनि एक महिनाको तलव प्रदान गर्ने घोषणा गरेका थिए ।
त्यसैगरी समाजबादी दल संसदीय दलका नेता जयराम यादवले पनि एक महिनाको तलव प्रदान गर्ने घोषणा गरेका छन् ।
न्त्रिपरिषद् बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कोरोना इन्फरमेसन डेक्स स्थापना गर्ने निर्णय पनि गरेको छ । कोषमा प्रदेश सरकारले १० करोड रकम जम्मा गरेको छ ।
प्रतिक्रिया दिनुहोस्