 
	    काठमाडौं । पाकिस्तानका नवनियुक्त प्रधानमन्त्री शाहबाज सरिफले सही दिशामा ल्याउन केही समय लागेतापनि आफूले पाकिस्तानलाई विश्व सामु चिनाउने आफ्नो लक्ष्य रहेको दावी गरेका छन ।
एक खेलाडीले देश हाँक्दा बरबादीतर्फ देश उन्मुख भएको उनकाे तर्क छ । प्रधानमन्त्री पदमा नियुक्त भए लगत्तै उनले पाकिस्तानको गिर्दो अर्थतन्त्रलाई उकास्ने आफनो पहिलो प्राथमिकता हुने प्रतिक्रिया दिएका छन ।
साेमबार सञ्चारकर्मीलाई प्रतिक्रिया दिंदै उनले पाकिस्तानी जनताको जीवनस्तर उकास्नका लागि आफूले सक्दाे प्रयास गर्ने बताएका छन । सोमबार साँझ पाकिस्तानको सिनेटका अध्यक्ष सादिक सन्जरानीले उनलाई पद तथा गोपनियताको शपथ गराएका थिए।
कार्यक्रममा पाकिस्तान मुस्लिम लिग–नवाज (पीएमएल–एन) का उपाध्यक्ष मरियम नवाज, क्याप्टेन (सेवानिवृत्त) मुहम्मद सफदर र अन्य नेताहरू पनि उपस्थित थिए ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्