क्यानको जनरल म्यानेजरमा खनाल नियुक्त « Imagekhabar – Online News Portal of Nepal


क्यानको जनरल म्यानेजरमा खनाल नियुक्त


533
Shares

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को जनरल म्यानेजर (जीएम) मा वृतान्त खनाललाई नियुक्त गरेको छ ।

खानलाई आइतबार क्यानले जनरल म्यानेजरमा नियुक्त गरेको जनाएको छ ।

खनालले आगामी ३ गतेदेखि क्यानको जिम्मेवारी सम्हाल्ने छन् ।

खनालसँग राष्ट्रिय तथा अन्तराष्ट्रिय शैक्षिक संस्थाहरुमा काम गरेको अनुभव रहेको क्यानले जनाएको छ ।

३४ जनाको आवेदन परेकोमा क्यानले अन्तिम चरणमा ९ जनाको मात्र अन्तर्वार्ता लिएको थियो । जसबाट क्यानले खानलाई नियुक्ति गरेको हो ।