महानगरपालिकाले बनाएको कंक्रिट संरचना पुरातत्व विभागले हटायो « Imagekhabar – Online News Portal of Nepal


महानगरपालिकाले बनाएको कंक्रिट संरचना पुरातत्व विभागले हटायो


1.157k
Shares

काठमाडौं । विश्व सम्पदा क्षेत्र बसन्तपुर डबलीमा काठमाडौं महानगरपालिकाले मापदण्ड विपरीत बनाएको कंक्रिट संरचना पुरातत्व विभागले भत्काउन सुरु गरेको छ ।

विभाग अन्तर्गत हनुमानढोका दरबार हेरचार अड्डाका कार्यालयबाट शुक्रबार भत्काउन सुरु गरेको हो । संरचना हटाउन करिब दुई हप्ता लाग्ने जनाएको छ ।

पुरातत्व विभागले महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गी, अभियन्ता र स्थानीयहरूको उपस्थितिमा गत चैत्र १ गते संरचना रहेको नटबोल्ट काटेको थियो । झण्डा राख्न ३ फिट गहिरो ८ वटा कंक्रिटको आधार संरचनामा अनाधिकृत रूपमा महानगरले रातारात बनाएको थियो ।

विश्व सम्पदा क्षेत्रमा कुनै पनि नयाँ संरचना बनाउन नपाइने नियमका कारण कंक्रिट संरचना हटाएको अड्डाले जनाएको छ । अभियन्ता र स्थानीयले सम्पदाको संरक्षण गर्ने संस्था नै सम्पदा मास्न लागेको र जनताले तिरेको करको दुरुपयोग भन्दै क्षतिपूर्ति भराउन माग समेत गरेको छ ।