
काठमाडौं । सरकारले विदेशी लगानी सम्बन्धी विद्यामान ऐनकानुनमा भएका व्यवस्थाले दगानीकर्तालाई कुनै समस्या भए संशोधन गर्ने प्रतिबद्धता जनाएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपालमा रहेका बहुराष्ट्रिय कम्पनीका लगानीकर्ताहरूसँग गरेको छलफलमा मन्त्रालयका सचिव अर्जुप्रसाद पोखरेलले कानुनी सुधारका लागि तयार रहेको बताएका छन् ।
“वैदेशीक लगानीको सहजीकरणका लागि हाम्रो अधिकतम प्रयास रहन्छ । विद्यमान ऐनकानुन र नियमावलीमा संशोधन गर्न हामी तयार छौँ ।निजी क्षेत्र र विदेशी लगानीकर्ताका माग यसबाट संशोधन गर्न सकिन्छ” । सचिब पोखरेलले भने ।
विदेशी लगानी गुणत्मक तथा परिमाणात्मक प्रवद्र्धन जरुरी रहेकोमा उनले जोड लिए ।
उनले यसको निमित्त आफुहरू विदेशी लगानी सम्बन्धी कानुनमा समसामयिक सुधार गर्ने र निजी क्षेत्रले पनि त्यसमा सकारात्मक सहयोग गनुपर्ने धारणा राखे ।
यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस्