Logo १८ बैशाख २०८३, शुक्रबार | Sat May 2 2026


अनावश्यक सरकारी खर्च घटाउन सुझाव


1.5k
Shares

काठमाडौं । आयातमा कटौती गरेसँगै मन्त्री तथा सरकारी निकाय मातहतका पदाधिकारीहरूले राज्यबाट पाउने सुविधा कटौती गर्न अर्थविद्हरूले सुझाएका छन् ।

पछिल्लो समय इन्धन लगायत अन्य वस्तुहरूको चुलिँदो मुल्यका कारण अर्थतन्त्रका सुचकहरू नकारात्मक भएसँगै अर्थविद्हरूले इन्धनको कोटा कटौती गर्न सुझाव दिएका छन् । अत्याधिक आयातले विदेशी विनिमय सञ्चितिमा चाप परेसँगै मुलत: इन्धनको खपत घटाउनुपर्ने जोड दिइएको छ ।

सरकारी उच्चपदस्थ पदाधिकारीहरूले राज्यबाट अत्याधिक इन्धनको सुविधा प्राप्त गर्ने गरेको र हालको परिस्थितिमा यो सुविधालाई कटौती गर्न सके विदेशी विनिमय सञ्चितिको दवाव केही कम हुने उनीहरूको तर्क छ ।

यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।