Logo १८ बैशाख २०८३, शुक्रबार | Sat May 2 2026


जिल्ला-जिल्लामा सहमति, सिट बाँडफाँटमा सकस


585
Shares

काठमाडौं । आगामी स्थानीय तह निर्वाचनमा चुनावी गठबन्धन गर्ने सैद्धान्तिक सहमति गरेको सत्ता साझेदार पाँच दलीय गठबन्धनलाई सिट बाँडफाँटमा सकस भएको छ । जिल्ला–जिल्लामा चुनावी गठबन्धन गर्ने सहमति भइरहँदा सिट बाँडफाँटको मापदण्ड’दयगत भने टुंगो लाग्न सकेको छैन । नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल (जसपा) र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरू आफूअनुकूल तालमेल तथा सिट बाँडफाँटको रणनीतिमा छन् । केन्द्रमा पाँच दलीय गठबन्धनबीच स्थानीय तह निर्वाचनमा गठबन्धन गर्ने सहमति भएसँगै विभिन्न जिल्लामा चुनावी गठबन्धनको सहमति भइरहेको छ ।

जाजरकोट, अछाम, तनहुँ, चितवन, नुवाकोट, धनकुटा, कास्की, कञ्चनपुर, अर्घाखाँची, बागलुङ, तेह्रथुम, पाल्पा, गुल्मी, कैलाली, लम्जुङ, दैलेख, खोटाङ, सुनसरी, सुर्खेतसहित दर्जनौं जिल्लामा चुनावी तालमेल गर्ने सैद्धान्तिक सहमति भइसकेको छ । जिल्लाजिल्लाबाट कुन पार्टीको यथार्थ विवरण के हो भन्ने संकलन भइरहेको छ । २६ गतेभित्रमा यथार्थ विवरण आइसकेपछि सिट बाँडफाँटको मापदण्ड निर्धारण गरेर अगाडि बढ्ने गठबन्धनको रणनीति छ ।

कांग्रेसका वरिष्ठ नेता एवं स्थानीय तह निर्वाचन तयारी तथा अनुगमन समितिका संयोजक रामचन्द्र पौडेलले आगामी निर्वाचनमा तालमेल गर्ने सैद्धान्तिक सहमति भइसकेको र छिट्टै नै सिट बाँडफाँटको समेत टुंगो लगाउने बताए ।‘हामीले जिल्लाजिल्लाबाट पार्टीहरूको यथार्थ विवरण पठाउन निर्देशन गरेका छौं । जिल्लाजिल्लाबाट सबै विवरण आइसकेपछि गठबन्धनको बैठक बसेर हामी टुंगो लगाउने छौं । अहिले विवरण संकलन भइरहेको छ,’ पौडेलले भने, ‘त्यसपछि विवरणको अध्ययन गरेर हामी मापदण्ड निर्धारण गर्छौं र सोहीअनुसार सिट बाँडफाँट गरेर अगाडि बढनेछौ्रं ।’

यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।