२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


मकवानपुरमा बर्डफ्लु नियन्त्रण गर्न चेकपोष्ट स्थापना


130
Shares

काठमाडौं । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५ रातोमाटेमा वर्डफ्लु रोग नियन्त्रण गर्न लागि चेकपोष्ट स्थापना गरिएको छ ।

उक्त चेकपोष्टको आज (बिहिबार) बागमती प्रदेशका कृषि तथा पशुपक्षी विकासमन्त्री बसुन्धरा हुँमागाईंले उद्घाटन गर्नुभयो। कुुखुरामा वर्डफ्लु रोग देखिएपछि त्यसको रोकथामका लागि चेकपोष्ट स्थापना गरिएको पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयले जनाएको छ ।

सो अवसरमा मन्त्री हुमागाईंले वर्डफ्लु रोगका कारण कुखुरा व्यवसायी समस्यामा परेको उल्लेख गर्दै उक्त रोग नियन्त्रणमा सबैको सहयोग आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा निर्देशनालयका निर्देशक मुगलप्रसाद शाह, मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी बद्रीप्रसाद गैरेलगायतको उपस्थिति रहेको थियो ।