Logo २५ आश्विन २०८३, आइतबार | Sun Oct 11 2026


सर्लाहीमा एक बालकको शव सेफ्टि ट्यांकीमा भेटियो


585
Shares

सर्लाही । सर्लाहीको गम्हरियाबाट पाँच दिनदेखि हराईरहेका एक बालकको शव छिमेकीको घरको सेफ्टि ट्यांकीमा भेटिएको छ।

मलंगवा–१२ स्थित गम्हरियाबाट हराएका जितेन्द्र ठाकुरका अन्दाजी १० वर्षका छोरा आकाश ठाकुर भनिने मिठुको शव आज (बिहिबार) बिहान छिमेकी जगदीश ठाकुरको सेफ्टि ट्यांकीमा भेटिएको हो ।

आइतबार गाउँमा न्वारनको भोज खान गएका मिठु घर नफर्किएपछि पीडित परिवारले प्रहरीलाई खबर गरेका थिए । अनुसन्धानका क्रममा प्रहरीले शंकाका आधारमा छिमेकी जगदीशलाई पक्राउ गरेको थियो ।

बयानमा जगदीशले बालकको हत्या गरेको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । प्रहरीले मिठुको शव बरामद गरेर प्रादेशिक अस्पताल मलंगवा ल्याएको छ ।

दोषी पक्राउ गरिसकेको र घटनाको थप अनुसन्धान भइरहेकाे जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।