Logo १० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026


वर्तमान सरकार रहिरहे देश बर्बादीतिर धकेलिन्छ : अध्यक्ष ओली


91
Shares

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार रहिरहे देश बर्बादीतिर धकेलिने बताउनुभएको छ ।

बुधबार नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघको दोस्रो राष्ट्रिय महाधिवेशनलाई सम्बोधनमा अध्यक्ष ओलीले अहिले देशमा लगानीको कुनै सम्भावना नरहेको उल्लेख गर्दै वर्तमान सरकार रहिरहे देश बर्बादीतिर धकेलिने बताउनुभयो ।

बैंकसँग पनि लगानीको लागि दिने पैसा नभएकाले देश संकटमा रहेको उहाँको भनाइ छ ।

‘बैंकले पैसा दिन नसक्दा अहिले नयाँ लगानीका लागि कुनै सम्भावना छैन,’ उहाँले भन्नुभयो, ‘यो सरकार तुरुन्तै ढलेन भने जतिदिन रहन्छ त्यति बढी देशलाई बर्बादीतिर धकेल्छ ।’

अध्यक्ष ओलीले गठबन्धन सरकार कुहिएर झर्ने बताउनुभयो । उहाँले सरकार ढाल्न आफूहरूले कोसिस नगर्ने स्पष्ट पार्दै एमालेले सरकारमा नभई चुनावमा ध्यान दिइरहेको जिकिर गर्नुभयो ।

अध्यक्ष ओलीले स्थानीय तह निर्वाचनसम्म गतिका साथ पार्टी काममा खट्न नेता, कार्यकर्ताहरुलाई निर्देशन समेत दिनुभयो ।

Skip This