८ फाल्गुन २०८०, मंगलबार | Tue Feb 20 2024


राखेप सदस्यसचिव जिम्मेवारी फर्किए


286
Shares

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव टंकलाल घिसिङ जिम्मेवारीमा फर्केका छन् ।

शेरबहादुर देउवा नेतृत्वमा सरकार गठन भएपछि तत्कालिन राखेप सदस्य सचिव रमेश सिलवाललाई बर्खास्त गरी गत मंसिरमा सरकारले घिसिङलाई सदस्य सचिव नियुक्त गरेको थियो ।

तर, नियुक्ति खारेजीको माग गर्दै सिलवाल सर्वोच्च अदालत गएका थिए ।

सर्वोच्चले मंगलबार सिलवालको रिट खारेज गरेपछि घिसिङलाई जिम्मेवारीमा फर्कन बाटो खुलेको थियो । जिम्मेवारी सम्हाले लगत्तै पत्रकारसित कुराकानी गर्दै घिसिङले एशियाली खेलकुद र राष्ट्रिय खेलकुदलाई प्राथमिकता दिएर काम गर्ने बताए ।

उनले नवौं राष्ट्रिय खेलकुद यही आर्थिक वर्षमा गर्ने बताए । अबको ५ महिनामा एशियाली खेलकुद हुँदै छ । त्यसका लागि तत्काल संघहरुलाई बोलाएर छलफलपछि तयारी थाल्ने घिसिङको भनाइ छ । नवौं राष्ट्रिय खेलकुद गण्डकी प्रदेशमा हुनेछ ।

यसअघि फागुनमा हुने भनिएको प्रतियोगिता कोभिड–१९ को कारण स्थगित भएको थियो । सदस्य सचिव घिसिङले बैशाखमा हुने स्थानीय तहको निर्वाचनले गर्दा जेठमा राष्ट्रिय खेलकुद आयोजना गर्न सकिनेमा आशंका व्यक्त गरे ।

निर्वाचनलगत्तै प्रतियोगिता गर्नका लागि छनोट तथा प्रशिक्षणका कामहरू गर्न सकिने उनको भनाइ छ ।