Logo १० भाद्र २०८३, बुधबार | Wed Aug 26 2026


हेटौंडा कपडा उद्योग चलाउन प्रस्ताव


702
Shares

काठमाडौं । करिब दुई दशकदेखि बन्द रहेको सरकारी स्वामित्वको हेटौंडा कपडा उद्योग सञ्चालन गर्न निजी क्षेत्र इच्छुक देखिएको छ। सार्वजनिक निजी साझेदारी (पिपिपी) मोडेलमा करिब साढे दुई अर्ब रूपैयाँ लगानी थप गरेर उद्योग सञ्चालन गर्न केही उद्योगी–व्यवसायीले सरकारसमक्ष प्रस्ताव पेस गरेका छन्।

उद्योगपति पवन गोल्यानले उद्योग, वाणिज्य तथा आपूर्ति र अर्थ मन्त्रालयमा उद्योग सञ्चालन गर्न प्रस्ताव पेस गरेका हुन्। कपडा तथा कपडाजन्य उद्योगी–व्यवसायीलाई समेटेर सबै जना प्रवर्द्धक हुने गरी कपडा उद्योग सञ्चालनको मोडालिटी तयार गरी प्रस्ताव पेस गरेको गोल्यानले बताए। उनका अनुसार नेपाल धागो उत्पादन संघ, फेडेरेसन अफ नेपाल एक्सपोर्ट एसोसिएसनमा आबद्ध व्यवसायी यसमा लगानी गर्न उत्सुक देखिएका छन्।

स्वदेशी बजारमा कपडाको ठूलो माग रहेकाले उद्योग सञ्चालनका लागि प्रस्ताव पेस गरेको गोल्यानले बताए। धागो उत्पादक संघमा आबद्ध गोल्यान फेडेरेसन अफ नेपाल एक्सपोर्ट एसोसिएसनका अध्यक्ष पनि हुन्। उद्योग सञ्चालनका लागि विभिन्न मोडालिटीमा छलफल हुँदै आए पनि त्यसले अहिलेसम्म मूर्तरूप लिन सकेको छैन।

यो समाचार आजको नागरिक दैनिकमा छ ।