
काठमाडौं । सरसफाइको कमीले लाग्ने टाइफाइडविरुद्धको यही चैत २५ बाट देशैभरि खोप अभियान शुरू हुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत परिवार कल्याण महाशाखाले मंगलबार पत्रकार सम्मेलन गरी टाइफाइडविरुद्धको खोप अभियानबारे जानकारी दिएको हो ।
पत्रकार सम्मेलनमा दक्षिण एसियामै पहिलोपटक नेपालमा शुरू भएको यो खोप अभियान काठमाडौंबाहिरका केही जिल्लामा मंगलबारबाटै शुरू भएको जानकारी दिइयो । १५ महिनादेखि १५ वर्षसम्मका झन्डै ७५ लाख बालबालिकालाई लक्षित गरिएको खोप अभियान वैशाख १८ सम्म चल्ने महाशाखाका प्रमुख सागर दाहालले जानकारी दिनुभयो । उहाँले खोप अभियानमा १० हजार स्वास्थ्यकर्मी र १ लाख १२ हजार ८ सय ५८ स्वयम्सेवक परिचालन गर्न लागिएको जानकारी पनि दिनुभयो ।
खोप लगाउनका लागि स्थानीय तहले वडा कार्यालय तथा विद्यालयका साथै उचित स्थानहरूमा खोप केन्द्र तोक्नेछ । खोप अभियानको अन्तिम दिन स्वास्थ्य संस्थामा पनि खोप लगाइने कार्यक्रम रहेको महाशाखाका प्रमुख दाहालले बताउनुभयो ।
यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा छ ।










प्रतिक्रिया दिनुहोस्