२१ बैशाख २०८२, आइतबार | Sun May 4 2025


भक्तपुरमा भोलिबाट हुने भनिएको पुरुष पार्क भलिबल स्थगित


715
Shares

भक्तपुर । सुर्यबिनायक युवा क्लव सुर्यबिनायक नगरपालिका–६ र ८ ले भोलि बुधबारबाट गर्ने भनिएको ‘स्व. केशरबहादुर थापा स्मृति भक्तपुर जिल्लाव्यापी पुरुष पार्क भलिबल प्रतियोगिता’ हाललाई स्थगित गरिएको छ ।

प्राविधिक कारणले उक्त प्रतियोगिता स्थगित गरिएको हो । प्रतियोगिताको नयाँ मिति पछि निर्णय गरिने क्लवका सल्लाहकार तथा प्रतियोगिताका संयोजक राजेन्द्र मिश्रले जानकारी दिनुभयो ।

क्लवका अध्यक्ष मनोज गिरीका अनुसार, यसअघि प्रतियोगिता चैत २३ गतेदेखि २६ गतेसम्म क्लवको खेलमैदानमा आयोजना गरिने तय गरिएको थियो ।

सुर्यबिनायक क्षेत्रमा भलिबल खेलको सुरुवात गरेका खेलाडी स्व. केशरबहादुर थापाको सम्मानमा क्लबले प्रतियोगिता आयोजना गर्न लागेको थियो ।