Logo ९ भाद्र २०८३, मंगलबार | Tue Aug 25 2026


विलासिताका वस्तु आयातमा थप कडाइ


1.5k
Shares

काठमाडौं । केन्द्रीय बैंकले अत्यावश्यकबाहेक विलासिताका वस्तु आयातमा थप कडाइ गर्ने भएको छ । विदेशी मुद्रा सञ्चितीमा दबाब परेको भन्दै फागुन महिनादेखि सुन, चाँदीलगायत धेरै विलासिताका वस्तु आयातमा कडाइ गरेको केन्द्रीय बैंकले विलासिताका वस्तु आयातमा जाने कर्जा रोक्न बैंकका प्रमुख कार्यकारी अधिकृतहरूलाई अनौपचारिक निर्देशन दिएको हो ।

सोमबार २७ वटै वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरूलाई बोलाएर केन्द्रीय बैंकले निर्देशन दिएको छलफलमा सहभागी एक बैंकरले बताए । छलफलमा सहभागी वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतका अनुसार केन्द्रीय बैंकले अनौपचारिक छलफल गर्दै हाल अर्थतन्त्र ठूलो संकटमा भएकोले संकटको निवारण गर्न बैंकहरूको ठूलो भूमिका रहने बताएका थिए ।

‘हामी इनारको डिलमा छौं, यसमै हामफाल्ने कि यसबाट बच्ने भन्नेमा ध्यान दिनुपर्छ’ भन्दै राष्ट्र बैंकका अधिकारीले वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुलाई गाडी कर्जा रोक्न निर्देशन दिएको बताए । “बैठकमा राष्ट्र बैंकले अत्यावश्यक बाहेकका वस्तुमा जाने कर्जा रोक्नु भनेको छ,” उनले भने ।

यो समाचार आजको कारोबार दैनिकमा छ ।