 
	    एजेन्सी । रूसी सेनाको फर्किएपछि कीभ क्षेत्रमा नागरिकहरूको शव यत्रतत्र छरिएको अवस्थामा फेला परेको छ । अहिलेसम्म कम्तिमा ४ सय युक्रेनी नागरिकको शव फेला परेको छ ।
द्वन्द्वग्रत क्षेत्रको भग्नावशेषमा खोजी तथा उद्धार कार्य जारी रहेकाले मृतकको संख्या अझै बढ्न सक्ने आँकलन गरिएको छ ।
युक्रेनी अधिकारीहरूका अनुसार रुसी कब्जामा परेका बुचा, इरपिन र होस्टोमेलका स्थानीय बासिन्दाहरूलाई खोज्ने प्रयास जारी रहेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । सो सहरमा सामूहिक चिहान पनि फेला परेको छ ।
शव चिहानभित्र थुपारेर राखेको अवस्थामा फेला परेको छ । त्यस क्षेत्रमा ३ सय भन्दा बढीको शव हुनसक्ने अधिकारीहरूले जनाएका छन् ।
यसैबीच, युक्रेनी विदेशमन्त्री दिमित्रो कुलेबाले कीभको उत्तरपश्चिमी भागमा रहेको बुचामा भएको हत्याको अनुसन्धान गर्न अन्तर्राष्ट्रिय फौजदारी अदालतलाई आग्रह गर्नुभएको छ ।
कुलेबाले रुसी सेनाहरूले ‘क्रोधमा’ नागरिकहरूलाई मारेको आरोप लगाउनुभयो । युरोपेली संघ र नाटोका नेताहरूले नागरिकको हतयाको निन्दा गर्दै युद्ध अपराधको लागि जवाफदेहिता र अनुसन्धानको लागि आह्वान गरेका छन् ।
यता रुसले भने मृतकको तस्वीरलाई नक्कली भन्दै अस्वीकार गरेको छ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्