Logo ४ चैत्र २०८२, बुधबार | Thu Mar 19 2026


सर्लाहीमा ट्रकले ठक्कर दिँदा चालकको मृत्यु


208
Shares

सर्लाही । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको कालिञ्जोर पुलमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा चालकको मृत्यु भएको छ।

पेट्रोल भरेर फर्किदै गर्दा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा लालबन्दी नगरपालिका–२ का २५ वर्षीय चन्दु पासवानको मृत्यु भएको हो । ठक्करबाट गम्भीर घाइते पासवानलाई उपचारका लागि जनकपुर लैजादै गर्दा बाटोमै मृत्यु भएको लालबन्दीका प्रहरी निरीक्षक निर्मल थापाले जानकारी दिनुभयो ।

प्रहरीले ट्रक र त्यसका चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ ।