
काठमाडौं । शैलेश थापा क्षेत्री र शैलेन्द्र खनाल १९ बैशाख २०४९ सालमा सँगै नेपाल प्रहरीमा प्रहरी निरीक्षकमा सेवा प्रवेश गर।ेका थिए । क्षेत्री अहिले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी ) छन् । खनाल भने सशस्त्र प्रहरीका महानिरीक्षक । एउटै मितिमा प्रहरी सेवमा प्रवेह गरेका भएपनि खनाल क्षेत्री भन्दा तीनसाता अघि अनिवार्य अवकाशमा जादै छन् ।
३० वर्ष लामो प्रहरी/सशस्त्र प्रहरी सेवाबाट विदाईहुने तयारी गरिरहेका खनाल २८ चैत्रदेखि अनिवार्य अवकाशमा जादैँ छन् । शनिबार उनले केहि सञ्चारकर्मीलाई सशस्त्र प्रहरी प्रधान कार्यालय बोलाएर आफ्नो कार्यालयमा भए गरेको कामको समीक्षसमेत गरेका छन् । आफ्नो ४ वर्षे कार्यकालमा सशस्त्र प्रहरीको उचाई थप्न महत्वपूर्ण काम गरेको दाबी गरेका उनले कोभिड १९ का कारण सोचेजति काम गर्न नसकेको पनि स्वीकार गरेका छन् ।
कोभिडको त्रासदी अझै हटिसकेको छैन् । उता उनकै ब्याची क्षेत्रीले भने १८ वैहाख २०७९ सालमा मात्रै प्रहरीको बर्दी फुकाल्दै छन् । एउटै मितिमा प्रहरी सेवामा प्रवेश गरेको भएपनि यी दुई महानिरीक्षकको अवकाश भने फरक फरक ढंग र फरक फरक मितिमा हुदै छ ।
यो समाचार आजको राजधानी दैनिकमा छ ।
प्रतिक्रिया दिनुहोस्