Logo २५ बैशाख २०८३, शुक्रबार | Sat May 9 2026


अख्तियारको हिरासतमा रहेकालाई छाड्ने तयारी


104
Shares

काठमाडौं । कोरोना भाइरस संक्रमण हुन नदिनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हिरासतमा रहेका आरोपितहरुलाई मुक्त गर्ने तयारी गरेको छ ।

अख्तियार प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार हिरासतमा रहेकालाई केकसरी व्यवस्थापन गर्ने भन्ने सम्बन्धमा आयोगको बैठक बसेपछि थाहा हुनेछ ।

यद्यपी, उनीहरुलाई छाड्ने मानसिकताका साथ काम भइरहेको उनले बताए ।

भ्रष्टाचार आरोपमा शंकास्पद ब्यक्तिलाई अख्तियारले पक्राउ गरी हिरासतमा राख्नसक्ने कानुनी ब्यवस्था छ ।

हाल अख्तियारको हिराशतमा झन्डै दुई दर्जन आरोपितहरु रहेको बताइएको छ । यस्ता ब्यक्तिहरु धेरैजसो घूस काण्डमा मुछिएका आरोपितहरु छन् । -नेपाल समचारपत्र दैनिकबाट