१ भाद्र २०८२, आइतबार | Mon Aug 18 2025


‘कोरोनाभाइरस’का बिरामी फेला परेका छैनन् : नर्भिक अस्पताल


0
Shares

काठमाडौं, चैत ८ । नर्भिक इन्टरनेसनल अस्पताल काठमाडौंले अस्पतालमा ‘कोभिड–१९’ का बिरामी भेटिएको भनेर कपोलकल्पित सूचना प्रचार भएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

अस्पतालले शनिबार एक विज्ञप्ति जारी गरी हालसम्म ‘कोरोनाभाइरस’का कुनैपनि बिरामी फेला नपरेको स्पष्ट पारेको छ ।

त्यस्ता सूचना सार्वजनिक गर्नु सामाजिक अपराध भएकाले विज्ञप्तिमा कानुनी कारबाहीको माग गरिएको छ । रासस