१ भाद्र २०८२, आइतबार | Mon Aug 18 2025


कर्णाली प्रदेशका अधिकांश अस्पतालमा कोरोना भाइरस चेकजाँच गर्न समस्या


0
Shares

सुर्खेत । सरकारले कोरोना भाइरस संक्रमण भइहाले उपचारको पूर्व तयारी गरिरहँदा कर्णाली प्रदेशका अधिकांश अस्पातालमा भने चिकित्सकले प्रयोग गर्ने सुरक्षाका सामग्रीहरुको अभाव रहेको छ ।

कर्णाली प्रदेशमा कोरोना भाइरस चेकजाँच गर्न परिचालित स्वास्थ्यकर्मी आफैं असुुरक्षित भएको गुुनासो गरेका छन् ।

प्रदेश अस्पतालमा कोरोना संक्रमण व्यक्तिका लागि ५ वटा आइसोलेसन बेड तयार गरिसकेको छ ।

तर स्वास्थ्यकर्मीका लागि सुरक्षाका सामग्री व्यवस्थापनमा सरकार उदासिन भएको चिकित्सक डा। के.एन. पौडेलको भनाइ छ ।

अस्पतालमा आउने दैनिक बिरामी चेकजाँचमा करिव २ सय मास्कको आवश्यकता पर्ने भएपनि अस्पताल प्रशासनले व्यवस्थापन गर्न सकेको छैन ।

संक्रमितको उपचारमा संलग्न हुँदा लगाउनु पर्ने कपडा र अन्य सामाग्री प्रयाप्त नभएकाले रोग सर्न सक्ने कारणले चिकित्सक चिन्तित छन् ।