दिगो विकास र शान्तिको लागि बिमस्टेकसहित निजी साझेदारको आवश्यकता रहेको प्रधानमन्त्री देउवाका भनाई « Imagekhabar – Online News Portal of Nepal


दिगो विकास र शान्तिको लागि बिमस्टेकसहित निजी साझेदारको आवश्यकता रहेको प्रधानमन्त्री देउवाका भनाई


130
Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको प्रयास (बिमस्टेक) को पाँचौं शिखर सम्मेलनलाई भर्चुअल सम्बोधन गर्नुभएको छ । प्रधानमन्त्री देउवाले नेपालमा कोरोना भाइरसलाई नियन्त्रण गर्न सफल भएको बताउनुभएको छ ।

उहाँले दिगो विकास र शान्तिको लागि बिमस्टेकसहित निजी साझेदारको आवश्यकतामा जोड दिनुभयो । प्रधानमन्त्री देउवाले सबै देशको एकआपसमा सहयोग आदानप्रदानले जस्तोसुकै प्राकृतिक विपद्लाई परास्त पार्न सकिने धारणा राख्नुभयो । बिमस्टेकलाई नयाँ प्रतिबद्धतासहित नयाँ जीवन दिनका लागि सबै सदस्य राष्ट्रहरु शक्तिलाई केन्द्रीकृत गर्न आग्रह उहाँले गर्नुभयो ।

बिमस्टेकको पाँचौं शिखर सम्मेलन आज बुधबारदेखि श्रीलंकाको राजधानी कोलोम्बोमा सुरु भएको छ । सम्मेलनमा आयोजक श्रीलंका, बंगलादेश, भारत, भुटान, नेपाल, थाइल्यान्ड र म्यानमार सहभागी छन् । श्रीलंकाका राष्ट्रपति गोटवाया राजापाक्षेले सम्मेलनको अध्यक्षता गर्नुभएको छ ।

आयोजक श्रीलंकाबाहेक अन्य सदस्य राष्ट्रका कार्यकारी प्रमुखहरुले सम्मेलनलाई भर्चुअल सम्बोधन गर्नुभएको छ ।