
काठमाडौं । अर्थविद्हरूले बजेट निमार्णमा बढि महत्वाकांक्षी नबन्न तथा नागरिकले तिरेको करको दुरुपयोग नर्गन सरकारलाई सचेत गराएका छन् । मंगलबार काठमाडौँमा नेपाल आर्थीक संघ बैंक तथा बित्तीय संस्था परिसदले आयोजना गरेको देशको वर्तमान अपस्था र आगामी बजेट विषयक आर्थीक बजेटमा बोल्दै उनीहरूले गरिब नागरिकले तिरेको कर सामाजिक सुरक्षको नाममा बाँडेर राजनितिक दलले भोट किनेको पनि आरोप लगाए ।
कार्यक्रममा अर्थविद् डा . पोषराज पाण्डेले नेपालमा सामाजिक सुरक्षा भत्तालाई चोट माग्ने भाडो बनाउने काम भएको भन्दै दक्षिण एसीयाका मुलुकहरूमा नेपालमा जस्तो सामाजिक सुरक्षा भत्ता खर्च कुनैपनि देशले नगरेको बताए ।
सरकारले अनावश्यक बस्तसको आयात रोक्न, प्रशोधित बस्तुभन्दा कच्चा पदार्थको भन्सार दर १५ प्रतिशत बढि राख्न, बजेटमा राष्ट्रिय गौरबका आयोजना १/२ ओटामात्र राखेर २/३ वर्षमा सकिने व्यवस्था गर्न, उत्पादकत्व बढाउन र कृषकलाई अनुदान दिन सरकारले ध्यान दिन सुझाब दिए ।
यो समाचार आजको कारोबार दैनिकमा छ ।










प्रतिक्रिया दिनुहोस्