रसुवा । गोसाईकुण्ड गाउँपालिका जिल्लाको पहिलो प्रशासनिक भवन निर्माण गर्ने पालिका बनेको छ ।
सोमबार गाउँपालिकाको केन्द्र स्याफ्रुबेशीमा भुकम्प प्रतिरोधी, अपांगमैत्री र बालमैत्री प्रशासनिक भवनको उद्घाटन गर्दै त्यहिँबाट सेवा दिन थालिएको छ ।
गाउँपालिकाले एक करोड ६९ लाखमा सुविधासम्पन्न हलसहित १३ वटा कोठा रहेको पक्की भवन निमार्ण गरेको हो ।
यसअघि गाउँपालिकाले श्यामेवाङ्फेल माध्यमिक विद्यालयको पुरानो भवनबाट सेवा दिँदै आएको थियो ।
देशभरका स्थानीय तहमध्ये कम लागतमा सुविधासम्पन्न प्रशासकीय भवन निर्माण गरेको गाँउपालिकाका अध्यक्ष कैसाङ नोर्पु तामाङले दाबी गर्नुभयो ।
जिल्लाका अन्य ४ वटा गाउँपालिकाको प्रशासकीय भवन निर्माणको चरणमा छन् ।
प्रतिक्रिया दिनुहोस्