Logo २४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026


अवसरका लागि दल बदल्दै कलाकार


884
Shares

काठमाडौं । स्थानीय निर्वाचन नजिकिंदै गर्दा एमालेमा प्रवेश गरेकी अभिनेत्री करिश्मा मानन्धर चर्चामा आएकी छन ।उनले देशको समृद्धि र विकासका लागि काम गरिरहेको पार्टी र अध्यक्ष केपी शर्मा ओलीको प्रेरणाका कारण एमालेमा भित्रिएको प्रतिक्रिया दिएकी छिन्। डा. बाबुरा भट्टराईको नेतृत्वमा रहेको तत्कालीन नयाँ शक्ति पार्टी र उपेन्द्र यादव नेतृत्वको तत्कालीन संघीय समाजवादी फोरमबीच एकता भएपछि राजनीतिमा निष्क्रिय रहेकी उनले नयाा गन्तव्यका लागि एमालेमा आबद्ध भएको बताएकी छिन् ।

‘एमाले प्रवेश गर्नुको पहिलो कारण त अध्यक्ष ओली नै हुनुहुन्छ,’ उनले भनेकी थिइन्, ‘६ महिनाको अन्तरालमा मैले उहाँलाई दुईपटक भेटें र उहाँको इनर्जी देखेर मलाई ताजुबै लाग्यो। परिवर्तन र समृद्धिको एजेन्डा बोक्ने पार्टी हो भन्ने लागेर यसमा आएकी हुँ।’ २०७३ सालमा तत्कालीन एकीकृत माओवादीबाट अगल भएर भट्टराईले खोलेको नयाँ शक्ति पार्टीमा अभिनेत्री मानन्धरसँग सरोज खनाल र अशोक शर्मासमेत प्रवेश गरेका थिए।

२०७४ सालको प्रतिनिधिसभाको निर्वाचनमा नयाँ शक्ति पार्टीले समानुपातिकबाट अभिनेत्री मानन्धरलाई उम्मेदवारको पहिलो नम्बर सूचीमा राखे पनि उनको सांसद बन्ने धोको भने अपुरै रहेको थियो। तत्कालीन एकीकृत माओवादीबाट युटर्न गर्दै २०७३ सालदेखि अभिनेत्री रेखा थापा संघीयता खारेजी, हिन्दु धर्म र राजतन्त्र पुनःस्थापनाको पक्षमा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० मा आबद्ध छिन्।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।