Logo १८ बैशाख २०८३, शुक्रबार | Sat May 2 2026


निर्वाचन आचारसंहिता अन्तरक्रिया कार्यक्रम संचालनमा


91
Shares

काठमाडौं । निर्वाचन आयोगले सात वटै प्रदेशसहित देशका मुख्य-मुख्य ठाउँमा निर्वाचन आचारसंहिता विषयमा अन्तरक्रिया कार्यक्रम संचालन गरेको छ ।

निर्वाचन आचारसंहितासहित कार्यान्वयनमा ल्याउनुअघि राजनीतिक दल, नागरिक समाज र अन्य सरोकारवालालाई निर्वाचन खर्च र प्रचार-प्रसार लगायतका विषयमा जनकारी दिने र राय सुझाव लिन देशभर एकसाथ अन्तरक्रिया कार्यक्रम संचालन भइरहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताउनुभयो ।

निर्वाचन आयोगका अनुसार चैत ९ गतेदेख सुरु भएको कार्यक्रम १७ गतेसम्म चल्नेछ ।

यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।