Logo २९ भाद्र २०८३, सोमबार | Mon Sep 14 2026


अनुसन्धान केन्द्रको रूपमा परिचित बन्दै काभ्रेको कुशादेवी


611
Shares

काभ्रे । पनौती नगरपालिका–३ कुशादेवी आलु अनुसन्धान केन्द्रको रूपमा परिचित बन्दै गएको छ ।

विगत केही वर्षदेखि स्थानीय कृषक तथा आलुविज्ञ श्यामप्रसाद ढकालले विभिन्न जातका आलुको अनुसन्धान गरी पूर्व मूल बीउ आलु उत्पादन (पिभिएस) गर्न टिस्यूकल्चर प्रयोगशाला स्थापना गरेसँगै यो क्षेत्र आलु अनुसन्धान केन्द्रको रूपमा परिचित हुँदै गएको हो ।

प्रयोगशालामा अहिले ५० जातका आलुको अनुसन्धान भइरहेको छ । नेपालको रैथाने र विभिन्न देशबाट आलुका केही दाना ल्याएर अनुसन्धान गरी आलुको बीउ उत्पादनमा लागेको कृषक शशि अधिकारीले बताउनुभयो ।

यस वर्ष आफ्नो प्रयोगशालाबाट ताप्लेजुङ, पोखरा, काभ्रेको पाँचखाल, मण्डनदेउपुर, चितवन, मकवानपुरको दामन, ललितपुरलगायतको स्थानमा बैजनी रङ्गको आलुको बीउ पठाइएको अर्का किसान राजेन्द्र थापाले बताउनुभयो ।

‘पर्याप्त विरुवा उत्पादन गर्न सकिने छ,’ उहाँले भन्नुभयो, ‘तर स्क्रिन हाउसमा भने प्रतिवर्ष दुई लाख देखी तीनलाखसम्म आलुको दाना उत्पादन गर्न सक्ने क्षमता रहेको छ ।’

कृषक अधिकारीले आफूहरूले काठमाडौं विश्वविद्यालयको सहकार्यमा आगामी वर्षदेखि एयरफोनिक (हावा)को प्रविधिबाट आलु उत्पादनको नयाँ सुरुवात गर्न लागेको पनि जानकारी दिनुभयो ।