२५ मंसिर २०८०, सोमबार | Mon Dec 11 2023


चीनमा वायु प्रदुषणका कारण बर्षेनि १६ लाख मानिसको मृत्यु


0
Shares

बेइजिङ, साउन २५ । चीनमा वायु प्रदुषणका कारण बर्षेनि १६ लाख मानिसको मृत्यु हुने गरेको एक तथ्यांक सार्वजनिक भएको छ । यो संख्या चीनको कुल मृत्युदरको १७ प्रतिशत हो ।

बेइजिङ शहरमा रहेको कोइलाखानीबाट निस्कने धुँवाका कारण वायु प्रदुषण बढेको तथ्यांकमा उल्लेख गरिएको छ । चीनको पेकिङ युनिभर्सिटीको स्कूल अफ पब्लिक हेल्थले गरेकोे अध्ययन अनुसन्धानका क्रममा बर्षेनि १६ लाखको मृत्यु हुने गरेको तथ्यांक सार्वजनिक भएको हो ।

आकाश नै ढाक्ने गरी निस्कने कोइलाखानीको धुँवाका कारण त्यहाँका जनतालाई श्वास फेर्न कठिनाई हुने गरेको र श्वास प्रश्वासको समस्याका कारण उनीहरुको मृत्यु हुने गरेको हो ।

चीनमा कोइलाखानी बाहेक सोलार प्यानल उद्योगका कारण पनि वायु प्रदुषण हुने गरेको छ । (एजेन्सी)