Logo ९ भाद्र २०८३, मंगलबार | Tue Aug 25 2026


पल शाह पुर्पक्षका लागि थुनामा


286
Shares

काठमाडौँ । नाबालिग गायिकालाई जबरजस्ती करणी गरेको आरोपमा हिरासतमा रहेको नायक पल शाह(पूर्णविक्रम) लाई जिल्ला अदालत तनहुँले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ।

बिहीबार गरिएको थुनछेक बहसपछि तनहुँ जिल्ला अदालतका न्यायाधीश हरिषचन्द्र ढुंगानाको एकल इजलासले शाहलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो।

अर्का प्रतिवादी कृष्णजोशीलाई भने १ लाख धरौटी बुझाएर साधारण तारेखमा छाड्न आदेश दिएको छ।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।