
काठमाडौं । मलेसियन गाडी प्रोटोन एक्स-फिफ्टी नेपाली बजारमा भित्रिएको छ ।
नेपालका लागि प्रोटोन गाडीको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले नयाँ मोडल सार्वजनिक गरेको हो ।
यो गाडीमा स्ट्यान्डर्ड र प्रिमियम भेरियन्टमा १४ सय ७७ सीसीको टर्बो इन्जिन रहेको कम्पनीले जनाएको छ ।
यो गाडी नेपाली बजारमा सबैभन्दा प्रिमियम मिड रेन्ज एसयूभी भएको र यसमा अन्यको तुलनामा धेरै विशेषता रहेको कम्पनीको दाबी छ ।
एडभान्स ड्राईभर एसिस्टेन्स सिष्टम, अटोमेटिक ईमर्जेन्सी ब्रेकिङ जस्ता विशेषता भएको यो गाडी सुरक्षाका दृष्टिले निकै नै अब्बल रहेको कम्पनीको दाबी छ ।
गाडीको न्यूनतम मूल्य ७१ लाख ९९ हजार रुपैयाँ देखि ८४ लाख ९९ हजार रुपैयाँ सम्म रहेको छ ।
प्रतिक्रिया दिनुहोस्