महिला प्रहरी मृत्युको छानविन गर्न समिति गठन « Imagekhabar – Online News Portal of Nepal


महिला प्रहरी मृत्युको छानविन गर्न समिति गठन


143
Shares

काठमाडौं । एक महिला प्रहरीको मृत्यु हुने गरी मोरङको लेटाङमा भएको घटनाको छानविन गर्न प्रदेश १ प्रहरी कार्यालयले छानविन समिति गठन गरेको छ ।

प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी राजेन्द्रप्रसाद चौधरीको नेतृत्वमा ५ सदस्यीय समिति गठन गरिएको हो । प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी अरुण बिसीले घटनाको छानविन गर्न समिति बनाइएको जानकारी दिनुभयो ।

चौधरी १ नम्बर प्रदेश प्रहरी कार्यालय, अपराध नियन्त्रण तथा अनुसन्धान महाशाखाका प्रमुख हुन् । तीनदिन अघि भएको घटनामा परी २५ जना प्रहरी घाइते भएका थिए भने ७ जनासम्म सर्वसाधारण घाइते भएका थिए ।

स्थानीय विद्यालयका शिक्षकले १२ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार गरेपछि पक्राउ गर्न गएको प्रहरी टोलीमाथि स्थानीय आक्रमण गरेका थिए । उनीहरूको चक्कु प्रहारबाट महिला प्रहरी जवान उर्मिला श्रेष्ठको ज्यान गएको हो ।