Logo २८ भाद्र २०८३, आइतबार | Mon Sep 14 2026


सिमरा सेजमा नौ उद्योगको प्रस्ताव


338
Shares

बारा । बाराको सिमरा सेजमा नौ उद्योग सञ्चालनका लागि स्वदेशी लगानीकर्ताहरुले प्रस्ताव पेश गरेका छन् ।

सिमरा सेजको ६८ मध्ये २७ प्लटमा करीब साढे दुई अर्बको लगानी रहने गरी नौ वटा उद्योगहरुले आवेदनको प्रस्ताव पेश गरेका हुन् ।

सेजका कार्यकारी निर्देशक डा.चण्डिका भट्टले सिमरामा ६८ मध्ये हालसम्म २७ प्लटमा ९ उद्योगले आवेदनको प्रस्ताव पेश गरेको र केही समय भित्रै भैरहवाजस्तै सिमराका सबै प्लट माग हुने बताउनुभयो ।

उद्योग सञ्चालनमा आएमा ८ सय बढीले रोजगारी पाउने बताइएको छ । विशेषगरि आर्थिक क्षेत्र सेजले जग्गाको भाडा घटाएसँगै उद्योगलाई चाहिने आन्तरिक सडक, पानी, विद्युत, सुरक्षा, तौलपुल, बैंक, भन्सार, बीमा, प्रशासनिक भवनलगायतका भौतिक पूर्वधारहरु सम्पन्न भएपछि उद्योगीले धमाधम आवेदन दिएका हुन् ।

विशेष आर्थिक क्षेत्र सेजले जग्गाको भाडा घटाएसँगै उद्योगलाई चहिने आन्तरिक सडक, पानी, विद्युत, सुरक्षा, तौलपुल, दूषित पानी प्रशोधन केन्द्र, बैंक, भन्सार, बीमा, प्रशसानिक भवन लगायतको भौतिक पूर्वधारहरु सम्पन्न भए पछि उद्योगीले धमाधम आवेदन दिएको हो ।

सिमरा भटमासको पिना, तेल, पाम आयल, मेटलका वस्तु, प्लाष्टिक प्रोसेसिङ, सिसा ग्लास लगाएतका उपकरण निर्माण गर्ने उद्योगहरुको प्रस्ताव रहेको सेज प्राधिकरणले जनाएको छ ।

पथलैया–वीरगञ्ज औद्योगिक करिडोरको मुख्य सडकबाट १ किलोमिटरभित्र रहेको सिमरा सेजमा प्रतावित उद्योगरुहरुले भारतलगायत तेस्रो मुलुकमा निर्यातका लागि उत्पादित वस्तु पैठारी गर्न ढुवानीका कारण छोटो अनि सहज मानिन्छ । हालसम्म प्रस्ताव परेको दुवै स्थानमा सबै स्वदेशी लगानीकर्ता रहेको कार्यकारी निर्देशक भट्टले जानकारी दिनुभयो ।

उहाँले स्वदेशीसँगै अब अन्य मुलुकका लगानीकर्ता समेत आर्कषित हुने आधार प्राधिकरणले तयार गरेको बताउनुभयो । सेज प्राधिकरणले निर्यातजन्य उद्योग स्थापनाका लागि पुर्वाधारको प्रयोग ३० वर्षका लागि भाडामा दिन लागेको जनाएको छ ।