Logo १३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026


प्रदेश स्तरिय महिला पत्रकार भेला सम्पन्न


65
Shares

डडेल्धुरा । सुदूरपश्चिम प्रदेशमा क्रियासिल महिला पत्रकारहरुको भेला डडेल्धुरामा सम्पन्न भएको छ ।

नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिले मंगलबार डडेल्धुरामा आयोजना गरेको क्षमता विकासका लागि प्रदेश स्तरिय महिला पत्रकार भेला सम्पन्न गरि महिला माथि हुने सबै खालका अन्याय बिरुद्ध एकजुट हुनु पर्नेमा जोड दिएका छन् ।

प्रदेशका नौ वटै जिल्लाबाट सहभागि भेलाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै सुदूरपश्चिम प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्री पूर्णा जोशीले पत्रकारिता क्षेत्रमा महिला सक्रियता जोखिमपूर्ण रहेको बताउनु भएको छ ।

पछिल्लो समय अध्ययनसहित पत्रकारितामा प्रवेश गर्नेको अभाव भएको र यस पेशामा जेनतेन टिकिरहेकामध्ये पनि महिला पत्रकारको अवस्था दयनीय रहेको तथा व्यवसायिक हुन नसकेको सहभागिले औंल्याएका छन् ।

नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समिति र ओरेक नेपालको आयोजनामा पत्रकार महिलाका लागि प्रदेश स्तरीय दुई दिने क्षमता विकास भेलाको आयोजना गरिएको हो ।

Skip This