Logo १८ बैशाख २०८३, शुक्रबार | Sat May 2 2026


राजस्वको आधा हिस्सा आयातबाट


78
Shares

काठमाडौं । कुल राजस्वको झण्डै आधा वस्तु आयातमार्फत संकलन भएको भन्सार विभागले जनाएको छ ।

विभागले सार्वजनिक गरेको चालू आर्थिक वर्षको फागुन महिनासम्मको तथ्यांक अनुसार ४८.६३ प्रतिशत राजस्व आयातबाट संकलन भएको हाे । सरकारले चालू आर्थिक वर्ष २०७८/०७९ को ८ महिनामा ६ खर्ब ८४ अर्ब रुपैयाँ राजस्व संकलन गरेको छ ।

विभागका अनुसार यसमध्ये ३ खर्ब ३३ अर्ब रुपैयाँ राजस्व आयातबाट संकलन भएको छ ।

यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।