 
	    काठमाडौं । साझा हितका क्षेत्रमा सहकार्य गर्ने उद्देश्यसहित लगानी बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) बीच मंगलबार समझदारी भएको छ ।
समझदारीपत्रमा बोर्डका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट र यूएनडिपीका तर्फबाट आइसानी मेदागान्गोदा लाबेले हस्ताक्षर गर्नुभयो । समझदारीपत्रमा संस्थागत क्षमता अभिवृद्धि गर्ने, सार्वजनिक निजी साझेदारी र निजी लगानी प्रवद्र्वनमा सहकार्य गर्ने कुरा उल्लेख गरिएको छ ।
नेपालमा सार्वजनिक–निजी साझेदारी, निजी क्षेत्रको लगानी र समिश्रित वित्तकामाध्यमबाट लगानी प्रवर्द्धन गर्दै वित्तीय खाडल पूर्ति गरी दिगो विकास लक्ष्य हासिल गर्न यो सहकार्यले सहयोग पुर्याउने अपेक्षा गरिएको छ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्