Logo ११ बैशाख २०८३, शुक्रबार | Fri Apr 24 2026


एमालेका उपाध्यक्ष विष्णु पौडेलसहित चार नेता चीन भ्रमणमा


377
Shares

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलसहित चार जना नेता चीन भ्रमणका लागि जानुभएको छ।

आज (साेमबार) बिहान पौडेलसहित एमालेका स्थायी कमिटी सदस्य काशिनाथ अधिकारी, लेखा आयोगका अध्यक्ष पुष्पराज कँडेल र केन्द्रीय सदस्यसमेत रहेकी कर्णाली प्रदेश सभा सदस्य मीनासिंह रखाल चीन प्रस्थान गर्नुभएको हो। उनीहरुले चिनियाँ विदेश विभागका प्रमुखसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

कोरोना महामारीपछि पहिलोपटक नेपालबाट राजनीतिक दलका नेताहरूको भ्रमण टोली चीन गएको हो। उनीहरू यहि चैत १४ गते स्वदेश फर्कनेछन् ।