Logo १४ भाद्र २०८३, आइतबार | Sun Aug 30 2026


बेल्जियममा कारकाे ठक्करबाट ६ जनाकाे मृत्यु, ४० जना घाइते


104
Shares

काठमाडौं । बेल्जियममा कारले ठक्कर दिंदा ६ जनाको मृत्यु भएको छ।

राजधानी ब्रसेल्स भन्दा ३० माइल टाढा रहेको स्ट्रेपी शहरमा आयोजना गरिएको कार्निभल पर्वमा सहभागी हुन लागेको भीडमाझ तीब्र गतिमा आएको कारले ठक्कर दिंदा उनीहरुको मृत्यु भएको हो । घटनामा ४० जना घाइते भएका छन् । घटनाका समय सयौं सर्वसाधारणमा भागदौड मच्चिएको थियो ।

घटना लगत्तै कार चालक र कारमा सवार सबैलाई नियन्त्रणमा लिई अनुसन्धान प्रक्रिया अघि बढाईउएको छ । यसैबीच बेल्जियमका प्रधानमन्त्री अलेक्जेण्डर डे क्रोले घटनाप्रति खेद प्रकट गर्दै मृतकका परिवारप्रति समबेदना प्रकट गर्नुभएको छ ।

कार चालकले मादक पदार्थ सेवन गरी कार चलाएको हुन सक्ने अनुमान गरिएको छ ।