Logo १८ बैशाख २०८३, शुक्रबार | Sat May 2 2026


साढे ५० अर्बको खाद्यान्न आयात


143
Shares

काठमाडौं । चालू आर्थिक वर्षको सात महिनामा आधा खर्ब भन्दा बढीको खाद्यान्न आयात भएको छ ।

भन्सार विभागको तथ्यांक अनुसार गत साउनदेखि माघ मसान्तसम्ममा ५० अर्ब ५३ करोड रुपैयाँ बराबरको खाद्यान्न आयात भएको हो । स्थानीय उत्पादनले माग धान्न नसकेपछि सो परिमाणमा खाद्यान्न आयात भएको हो ।

सात महिनामा १९ अर्ब २२ करोड ४३ लाख ५५ हजार रुपैयाँको चामल आयात भएको छ । त्यस्तै, सो अवधिमा १३ अर्ब ४४ करोड ३ लाख ६१ हजार रुपैयाँको मकै समेत आयात भएको विभागको तथ्यांक छ ।

यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।