Logo ३ बैशाख २०८३, बिहिबार | Thu Apr 16 2026


रुसी सेनाको घेराबन्दीमा परेका सयौं युक्रेनी नागरिकको उद्धारमा रुसी सेनाकाे अवरोध


3.7k
Shares

काठमाडौं । रुसी सेनाको घेराबन्दीमा परेको युक्रेनको मारियोपोल शहरमा फसेका सयौं नागरिकको उद्धारमा रुसी सेनाले अवरोध गरेको आरोप युक्रेनले लगाएको छ ।

मारियुपोल शहरलाई चारैतिरबाट घेरा हालेको रुसी सेनाको प्रतिकारका लागि युक्रेनी सेना उत्रेपनि उद्धार कार्य सफल हुन सकेको छैन । बन्दरगाह शहर मारियुपोल रुस समर्थित पृथकतवादीबाट नियन्त्रित डोनेट्स्क र लुहान्स्ककोबीचमा पर्ने भएकाले रुसले सो शहरमा आँखा बढी ध्यान केन्द्रित गरेको छ । युद्धका कारण हाल युक्रेनमा ३ लाख मानिस खाना र पानीको अभावमा पिल्सिन थालेको बताइएको छ ।

रुसी आक्रमणमा एक अस्पताल, चर्च र दर्जनौं अपाटेमेन्टका ब्लकहरुमा क्षति पुगेको छ ।