काठमाडौं । ठूला परियोजनाहरुमा पुँजी जुटाउन स्थापना भएको लगानी बोर्डले हालसम्म ३० वटा परियोजनाका लागि १० खर्ब रुपैयाँ (८ अर्ब ४० करोड डलर) लगानी स्वीकृत गरेको छ ।
लगानी बोर्डका प्रवक्ता भगवान अर्यालका अनुसार जलविद्युत, सिमेनट, उत्पादनमूलक उद्योग, गाडी उत्पादन, औद्योगिक पार्क, सडक , लजिस्टिकलगायतका परियोजनाका लागि सो रकम बराबरको लगानी स्वीकृत गरेको हो ।
हालको व्यवस्था अनुसार ६ अर्ब रुपैयाँ भन्दा बढी लगानी भएका आयोजनाको लगानी बोर्डको क्षेत्राधिकारमा पर्छ ।
यो समाचार आजकाे राजधानी दैनिकमा प्रकाशित छ ।










प्रतिक्रिया दिनुहोस्