Logo १० बैशाख २०८३, बिहिबार | Thu Apr 23 2026


रुस-युक्रेनबीचकाे युद्धमा ८१६ सर्वसाधारणको मृत्यु, १३३३ जना घाइते, शान्ति वार्ता गर्न युक्रेनका राष्ट्रपतिको आह्वान


793
Shares

काठमाडौं। रुस-युक्रेनबीचकाे जारी युद्धमा अहिलेसम्म ८ सय १६ जना सर्वसाधारणकाे मृत्यु भएको संयुक्त राष्ट्रसंघले जनाएको छ ।

राष्ट्रसंघका अनुसार हालसम्म १ हजार ३ सय ३३ जना घाइते भएका छन् । संयुक्त राष्ट्र मानव अधिकार कार्यालय (ओएचसीएचआर) का अनुसार भीषण बमबारीमा सबै भन्दा बढी मानिसको मृत्यु भएको छ।

यसमा भारी आर्टिलरी फायरिङ, धेरै रकेट प्रक्षेपण प्रणाली बमबारी, मिसाइल आक्रमण र हवाई हमलाहरू समावेश छन् । संयुक्त राष्ट्रसंघले डरलाग्दो आक्रमणबाट प्रभावित धेरै शहरहरूको तथ्याङ्क प्राप्त गर्न नसकेका कारण मृत्यु हुनेको वास्तविक सङ्ख्या धेरै हुनसक्ने बताएको छ।

यसैबीच, युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अर्थपूर्ण शान्ति र सुरक्षा वार्ताका लागि आह्वान गर्नुभएकाे छ । रुसी सेनाले आक्रमण तीव्र पारिरहेका बेला राष्ट्रपति जेलेन्स्कीले बिलम्ब नगरी वार्ता गर्न रुससँग आह्वान गर्नुभएकाे हाे।

वार्ता रुसलाई उसको गल्तीका कारण भएको क्षतिलाई न्यून गर्ने एउटा अवसर भएको युक्रेनका राष्ट्रपति जेलेन्स्कीको भनाइ छ ।