बैतडीमा कोरोना संक्रमितको संख्या शून्य « Imagekhabar – Online News Portal of Nepal


बैतडीमा कोरोना संक्रमितको संख्या शून्य


39
Shares

काठमाडौं । बैतडी जिल्लामा कोरोनाका संक्रमितको संख्या शून्य भएको छ ।

स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टका अनुसार जिल्लाका १० वटै स्थानीय तहमा कोरोनाका बिरामी छैनन् ।

जिल्लामा कोरोनाका सक्रिय संक्रमित शून्य भएसँगै जनजीवन पनि सहज बनेको उहाँले बताउनुभयो ।

संक्रमणको जोखिम अझै हुनसक्ने भएकाले स्वास्थ्यका मापदण्ड भने पालना गर्नु पर्नेमा विज्ञहरुले जोड दिँदै आएका छन् ।

जिल्लामा कोरोना संक्रमणबाट हालसम्म १८ को मृत्यु भइसकेको छ । जिल्लाका हरेक स्थानीय तहमा हाल कोरोनाविरुद्धको खोप अभियान जारी रहेकाले खोप लगाउन छुटेका सबैलाई खोप लगाउन आग्रह गरिएको छ ।

सीमानाका झुलाघाट स्वदेश भित्रिनेहरूको नियमित कोरोना परीक्षण भइरहेको छ ।