१९ बैशाख २०८२, शुक्रबार | Fri May 2 2025


न्यूजिल्याण्डमा ३१ वटा ह्वेल मृत फेला


871
Shares

काठमाडौं । ह्वेलका लागि मृत्यु स्थान मानिने न्यूजिल्याण्डको एउटा समुद्री तटमा ३१ वटा ह्वेल मृत फेला परेका छन् ।

न्यूजिल्याण्डको दक्षिण टापुको उत्तरी छेउको समुद्री तटमा ती ह्वेल मृत फेला परेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

न्यूजिल्याण्डका वन्यजन्तु अधिकारीले दक्षिण टापुको फेयरवेल स्पिटको तीन किलोमिटर क्षेत्रमा पहिलो पटक मरेका ह्वेल फेला पारेका थिए । त्यही ठाउँमा फसेका केही ह्वेललाई उद्धारकर्ताले पुनः समुद्रमा नै पठाएका थिए ।

अधिकारीहरूले ह्वेल मर्नु दुर्भाग्यपूर्ण भए पनि यसरी ह्वेल पानी बाहिर आउने र समुद्र किनारमा मर्ने घटना प्राकृतिक रहेको बताएका छन् । सन् २०१७ को फेब्रुअरीमा करिब ७०० ह्वेल समुद्री किनारमा आएका थिए, तीमध्ये २५० वटाको मृत्यु भएको थियो ।