Logo १० बैशाख २०८३, बिहिबार | Thu Apr 23 2026


अमेरिका र चिनियाँ राष्ट्रपतिबीच आज टेलिफोन संवाद हुँदै


559
Shares

काठमाडौं । युक्रेनमा रुसी आक्रणको विषयमा आज  (शुक्रबार) अमेरिका र चीनका राष्ट्रपतिबीच टेलिफोन वार्ता हुनेभएको छ।

गत फेब्रुअरी २४ मा रुसले युक्रेनमाथि आक्रमण सुरु गर्न थाले यता दुई शक्ति राष्ट्रबीच शीर्ष तहमा शुक्रबार पहिलो पटक वार्ता हुन लागेको हो । अमेरिकाले युक्रेनलाई युद्धका लागि आवश्यक हात हतियार र आर्थिक सहयोग दिंदै आएको छ भने चीन रुस–युक्रेन युद्धमा मौन बस्दै आएको छ ।

पछिल्लो समय रुसले चीनसँग सहयोगका लागि प्रस्ताव अघि बढाएको शंका गरेको अमेरिकाले चीनलाई त्यस्तो नगर्न चेतावनी दिंदै आएको छ । सोही क्रममा अमेरिकी राष्ट्रपति जो बाइडेनले चिनियाँ समकक्षी सी चिनफिङसँग कुरा गरेर अमेरिकी चासो राख्न चाहेको अनुमान गरिएको छ ।

रुससँग निकट चीनले युक्रेन युद्धमा रुसलाई सहयोग गरेमा अमेरिका–चीन सम्बन्धमा पनि तनाव आउन सक्ने र युद्ध अझै लम्बिन सक्ने आशंका गरिएको छ ।