काठमाडौं । सरकारले एक पटकमा २ सय टनमात्रै सुपारी ,केराउ,मरिच र छोकडा आयात गर्न पाउने गरी नयाँ कार्यविधि जारी गरेको छ ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले यी बस्तुको आयात परिणामा सीमा तोकेको हो ।
मन्त्रिपरिषदबाट १० माघमा स्वीकृत भएको कार्यविधिले उद्योग विभागको सिफारिसका आधारमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले आयात इजाजत दिनेगरि यस्ता बस्तु आयातका लागि पहिले भन्दा कसिलो व्यवस्था गरेको हो ।
यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।










प्रतिक्रिया दिनुहोस्