काठमाडौं, चैत १ । काठमाडौंको ऐतिहासिक गण महाबिहारको धर्म बिजय पदनमले ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ ।
१७ वर्षदेखि हरेक वर्ष चैत १ गते ज्येष्ठ नागरिकलाई सम्मान गर्दै आएको धर्म बिजय पदनमले शनिबार १०० जना ज्येष्ठ नागरिकलाई सम्मान गरेको हो ।
कार्यक्रममा काठमाडौं महानगरपालिकाका उपमेयर हरिप्रभा खड्गीले खादा र बुद्धको मूर्तिसहित सम्मान गरिन् ।
मैतिदेवी निवासी १०१ वर्षीया साइँली तन्डुकार सम्मानित हुने सबैभन्दा ज्येष्ठ नागरिक हुन् ।









प्रतिक्रिया दिनुहोस्