Logo २० असार २०८३, शनिबार | Sat Jul 4 2026


बस र अटोरिक्सा ठोक्किँदा एकजनाको मृत्यु, चार घाइते


0
Shares

अत्तरिया, चैत १ । कैलालीको अत्तरियामा बस र अटोरिक्सा एकापसमा ठोक्किँदा गोदावरी नगरपालिका–६, कोलीकटानका ५३ वर्षीय तुले कोलीको मृत्यु भएको छ ।

गोदावरी नगरपालिका–३, चौकीडाँडास्थित मालिकाटोल जाने बाटोनजिकै महेन्द्रनगरबाट अत्तरियातर्फ आउँदै गरेको ना४ख ४५२८ नम्बरको बस र विपरीत दिशाबाट गइरहेको से१ह २११४ नम्बरको अटो एकापसमा शनिबार ठोक्किँदा गम्भीर घाइते भएका कोलीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मुख र छातीमा चोट लगेर गम्भीर घाइते भएका कोलीको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।

दुर्घटनामा अटोचालक मानबहादुर विक, अटोमा सवार सोही ठाउँकी ५० वर्षीया नखरी कोली, २५ वर्षीय अर्जुन कोली र २५ वर्षकै दुर्गा कोली घाइते भएका छन् ।

बसचालक डडेल्धुरा, परशुराम नगरपालिका–६ का २४ वर्षीय दीपक भट्टराईलाई नियन्त्रणमा लिइ थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । रासस