Logo २० असार २०८३, शनिबार | Sat Jul 4 2026


खेल्दै गरेका बालकको टिपरको ठक्करबाट मृत्यु


0
Shares

भक्तपुर, चैत १ । चाँगुनारायण–९ स्थित जय ब्रम्हायणी इँटाभट्टामा खेल्दै गरेका एक डेढवर्षे बालकको सोही इँटाभट्टामा माटो बोक्ने बा५ख ७९७१ नम्बरको मिनिटिपरको ठक्करबाट मृत्यु भएको छ ।

मृत्यु हुनेमा सर्लाही, जिरायल घर भएका १९ वर्षीय ईश्वर मोक्तानको १८ महिने छोरा शिशिर मोक्तान रहेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए ।

मध्यपुर अस्पताल ठिमी पुर्‍याउनेक्रममा बालकको मृत्यु भएको जनाइएको छ ।

प्रहरीले सवारी–साधन र सवारीचालक भक्तपुर नगरपालिका–९, च्यामासिं बस्ने ४० वर्षीय श्याम फैजुलाई नियन्त्रणमा लिइ थप अनुसन्धान गरिरहेको प्रहरी नायब उपरीक्षक गिरीले जानकारी दिए । रासस