खिलनाथ ताजपुरिया र सुयेश मानन्धर (इमेज)
काठमाडौं, फागुन ३० । पश्चिमी वायुको प्रभावका कारण देशभर तीन दिनसम्म मौसम बदली हुने र मेघगर्जनसहित असिना–पानी पर्ने तथा चट्याङ पर्नसक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आगामी आइतबार बिहानसम्म यसको प्रभाव रहने पनि महाशाखाले जनाएको छ ।
हिउँद सकिएर हल्का गर्मी बढ्न सुरु गरेकोमा शुक्रबारदेखि पुनः मौसममा बदली आएर चिसो बढाएको छ ।
पश्चिमी वायुको प्रभावका कारण शुक्रबार देशभर बिहानैदेखि सामान्य हावाहुरीसहित पानी परेको छ ।
बंगालको खाडी र अरबको सागरबाट उठेको जलवाष्पीकरण नेपाल आइपुगेपछि मौसममा फेरबदल आएको हो ।
शुक्रबार देशका हिमाली तथा मध्य पहाडी भू–भागमा हल्का हिमपात र पानी परेपनि शनिबार र आइतबार बिहानसम्म मेघगर्जन, चट्याङ र असिना–पानीको सम्भावना बलियो रहेको महाशाखाको भनाइ छ ।
जलवायु परिवर्तनकै कारण धनजनको क्षति हुँदै आएपनि यसमा तीनै तहका सरकारले मौसममा बदलीको सूचना संयन्त्र बलियो पार्न आवश्यक रहेको जलवायु तथा वातावरणविज्ञ डा. धरमराज उप्रेती बताउँछन् ।
यसै पनि अब मौसम परिवर्तनमा हावाहुरी र असिना–पानीको सम्भावना रहन्छ । त्यसैले सर्वसाधारणले सचेत बन्नु जरुरी छ ।









प्रतिक्रिया दिनुहोस्