Logo ४ आश्विन २०८३, आइतबार | Sun Sep 20 2026


राज्य र निजी क्षेत्रबीच सहकार्यले छोटो समयमै राम्रो परिणम दिन्छ : उपाध्यक्ष ढकाल


91
Shares

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले राज्य र निजी क्षेत्रबीच सहकार्यको वातावरण बन्ने हो भने यसले छोटो समयमा राम्रो रिजल्ट दिनसक्ने बताउनुभएको छ ।

पर्सामा वीरगञ्ज उद्योग वाणिज्य संघद्वारा स्तरोन्नती गरिएको शल्यचिकित्सा कक्षको उद्घाटन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले राज्यले निजी क्षेत्रसँग सहकार्य गर्दा राम्रो रिजल्ट आउछ भन्ने कुरा यस अस्पताल कक्षको उद्घाटनले पनि स्पष्ट पारेको बताउनुभयो ।